काठमाडौं, बैशाख ।
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार सुनको भाउ १ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ५ हजार ८०० रुपैयाँले बढेको थियो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ९८ हजार ६०० कायम भएको छ।
बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। १०० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १५५ पुगेको छ।
बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।