२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

स्थानीय बजार : ' आज सुनचाँदीको मूल्यवृद्धि '

बुधवार , बैशाख २३, २०८३

 

काठमाडौँ, वैशाख ।

मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार