२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनचाँदीको भाउमा भारी गिरावट

मंगलवार , बैशाख २२, २०८३

काठमाडौँ.बैशाख  । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार आठ सय र चाँदीको एक सय ५० रुपैयाँ घटेको छ । 

मूल्य घटेसँगै मंगलबार प्रतितोला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार र प्रति १० ग्रामको दुई लाख ४९ हजार आठ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ तोलाको दुई लाख ९४ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५२ हजार सात सय ४५ रुपैयाँ रहेको थियो । 

यता, सोमबार प्रतितोला पाँच हजार ३० रुपैयाँ र प्रति १० ग्राम चार हजार तीन सय १२ रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार घटेर तोलाको चार हजार आठ सय ८० र प्रति १० ग्रामको चार हजार एक सय ८४ रुपैयाँ कायम भएकोे महासंघले जनाएको छ । 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार