२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रोल्पा जिप दुर्घटना (अपडेट ) :  ' मृतकको संख्या २० पुग्यो '

बिहिवार , बैशाख १७, २०८३

 

काठमाडौँ, वैशाख ।

रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

 रोल्पा प्रहरीका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो। प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ ।

वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ । अहिलेसम्म उद्धारको कार्य जारी रहेको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार