२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सेयर बजार :  नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

बिहिवार , बैशाख १०, २०८३

 

काठमाडौं, बैशाख ।

सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार साताको चौथो दिन बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा अडिएको छ।

नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ। यसदिन ३४८ वटा स्क्रिप्सको १ करोड १८ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ७ अर्ब ८१ करोड बढी रुपैयाँको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा २१६ वटाको घट्यो।>७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई वटा कम्पनीको सेयर करिब १५ प्रतिशतले बढयो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज र  शिखर पावर डेभलपमेन्टको सेयर १४.९९ प्रतिशतले बढेको हो।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ११।७९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रियालयन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो।

सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

सोलु हाइड्रोपावरले २६ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनीले २६ करोड,हिमाल फोरेस्ट इनले २२ करोड र नेसनल हाइड्रो पावरले १८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। मनु एण्ड प्रो,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार