काठमाडौं, बैशाख ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला ८०० र चाँदी ३० रुपैयाँले घटेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ५ हजार कायम भएको छ।
यस्तै एक तोला चाँदी ५ हजार १३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० र त्यति नै परिमाणको चाँदी ५ हजार १६० मा कारोबार भएको थियो ।