२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा नियमावली

प्रतिनिधिसभा नयाँ नियमावली : " यस्ता शब्द हुन्छन असंसदीय "

प्रतिनिधिसभा नियमावली-२०८३ को मस्यौदामा असंसदीय शब्द परिभाषित '

मंगलवार , बैशाख ८, २०८३

 

काठमाडौँ, बैशाख ।

बारम्बार संसद्‍मा सांसदले बोल्दा असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध हुने गर्थ्यो । तर नियमावली किटान नगरिएकाले कुन शब्द असंसदीय हो भन्ने स्पष्ट थिएन ।

अब भने प्रतिनिधिसभा नियमावलीमै असंसदीय शब्दलाई परिभाषित गरिएको छ । प्रतिनिधिसभा नियमावली-२०८३ को मस्यौदामा असंसदीय शब्दलाई परिभाषित गरिएको छ।

नियमावलीको नियम २ को परिभाषा खण्डको उपनियम 'ग; मा भनिएको छ,' असंसदीय शब्द' भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई असंसदीय शब्द सम्झनु पर्छ ।'

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नयाँ नियमावली तयार पारेको हो । समितिले आजै सभामुख डीपी अर्याललाई नियमावली बुझाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार