काठमाडौं, बैशाख ।
प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।
बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन् ।
कांग्रेस सांसद खड्काले सबै दलबीच लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भइसकेकाले कसैको जित हारको बिषय नभइ सर्वसम्मत रुपमा सभापति चयन हुने विश्वास व्यक्त गरे ।
रास्वपा संसदीय दलको बैठकले पनि लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको थियो । एमाले र नेकपाले पनि कांग्रेसलाई नै समर्थन गर्ने निर्णय गरेको छन ।
सबैको समर्थन प्राप्त भएसँगै लेखा समितिको सभापतिमा खड्का चयन हुने निश्चित भएको छ ।