२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा संसदीय समिति : ' सभापतिको निर्वाचन शुक्रबार '

बुधवार , बैशाख २, २०८३

 

 

काठमाडौं, चैत ।

प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। मिनी संसद्का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ।

सभापतिको मनोनयन सम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना सदस्य प्रस्तावक र सोही समितिका कुनै एक जना सदस्यको समर्थक हुनुपर्ने संघीय संसद् -प्रतिनिधिसभा) का सचिव हर्कराज राईले जानकारी दिए।

सोही दिन अपराह्न ४ः३० बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ।\ शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

एकभन्दा बढी समितिमा सदस्य रहने मन्त्रीले सभापतिको निर्वाचनमा मतदान हुने अवस्था आएमा सोको जानकारी निर्वाचन हुनुभन्दा २४ घन्टा अगावै सम्बन्धित समितिमा लिखितरूपमा गराउन सचिवालयले अनुरोध गरेको छ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र दुई संयुक्त समिति रहेका छन्।

प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् ।

संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।

यसैबीच समितिको सभापति चयन गर्ने विषयमा संसदमा रहेका दलहरू तयारीमा जुटेका सत्तारुढ दलसहित प्रतिपक्षी दलहरू सभापति चयन गर्ने विषयमा तयारीमा जुटेको छ। रास्वपाले बिहीबार संसदीय दलको बैठक बोलाएको छ भने अन्य दलहरू पनि आन्तरिक तयारीमा जुटेका छन्।

हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले यसअघि नै लेखा समिति आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन्। तर, हालसम्म कुनै पनि समितिको सभापति को हुने भन्ने टुंगो लागेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार