२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेप्से परिसूचक : ' उच्च अंकले बढेर बन्द '

बुधवार , चैत्र २५, २०८२

 

काठमाडौं, चैत ।

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको हो।

अघिल्लो दिन मंगलबार सेयर बजारमा सामान्य करेक्सन आएको थियो। सो दिन नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा झरेको थियो। सो दिन ६ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

३४६ वटा स्क्रिप्सको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५१ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो।

वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,श्रीनगर एग्रिटेक इन्डस्ट्रिज,सोलु हाइड्रोपावर,होटेल फोरेन्स इन,सुपर खुडी हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

रिलाइन्स स्पिनिङ मिल्सले ४२ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले ३७ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र नेसनल हाइड्रो पावरले ३०र३० करोड मूल्य बराबरको सेयर कारोबार गरे। दोहोरो अंकले बढेको बजारमा १३ वटै समूहको उपसूचक सकारात्मक देखिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार