२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनचाँदीकोे मूल्य वृद्धि

बुधवार , चैत्र २५, २०८२

काठमाडौँ,चैत।स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला सात हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार