२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रियसभाका चार विषयगत समिति : ' सभापति चयन, कुनमा को ? '

मंगलवार , चैत्र २४, २०८२

 

काठमाडौं, चैत ।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । मंगलबार चारवटै समितिहरुले निर्विरोध रुपमा सभापति चयन गरेको हो ।

सिंहदरबारमा बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकमा दलबीच सहमतिका आधारमा सभापति चयन गरिएको हो । जस अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।

उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) , समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका थिए । त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई निर्वाचित भएकी छिन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका थिए ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्, उनको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना रहेका थिए ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका थिए । गत फागुन २० गतेदेखि चार समितिका सभापतिको पद रिक्त रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार