काठमाडौं, चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता मनिष झाले सदनमा सत्ता पक्ष बलियो हुँदा दम्भ देखाउनु नहुने बताएका छन्।
आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले संस्कार, संकृति र सिद्धान्त देखाउनुपर्ने भएकाले सबैको योगदान आवश्यक रहेको बताएका हुन्।
समक्ष साउथ एसियाको सफल संसद् परिकल्पना गरेको प्रतिबद्धता जनाएको बताउँदै उनले अब अभ्यास गरेर देखाउन लागिपर्ने बताए।
सदन यस अगाडि खुमलटार, बुढानिलकण्ठ, बालकोट र बालुवाटारको मात्र बन्दी भएकाले संख्यामात्र गणना भएको तर सिद्धान्तमा नगएकाले अब त्यस्तो नहुने धारणा राखे।