२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद् बैठक

अधिवेशन बोलाउने तयारी : '  संम्भवतः १९ चैतमा  बोलाइने '

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौं, चैत ।

सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी गरेको छ । संसद् सचिवालय स्रोतका अनुसार आज बस्ने मन्त्रीपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको हो ।

२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा अधिवेशन बोलाउन लागिएको हो । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुवै सदनको बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको हो ।

संसद् सचिवालयले १९ चैतमा संसदको पहिलो बैठक बोलाउन प्रस्ताव गरेको छ । संसद् सचिवालयका एक उच्च पदस्थ कर्मचारीका अनुसार सरकारको सल्लाह मै उक्त मिति सिफारिस गरेको हो ।

यो अधिवेशनले सभामुख र उपसभामुखको चयन गर्नेछ । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार