२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक : ' दलको नेता चुन्दै '

सोमवार , चैत्र ९, २०८२

 

काठमाडौं,  चैत  । 

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। चैत १२ गते दिनको ४ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ। पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको नेता चय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताए।

संघीय संसद सचिवालयले सोही दिन नवनिर्वाचित सांसदहरूलाई सपथग्रहण गराउँदैछ। सपथ लगत्तै रास्वपाको बैठक बस्नेछ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री पदमा सपथ लिने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार