२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वरिष्ठ नेता साहद्वारा इदको शुभकामना

वरिष्ठ नेता साहले भने : 'आपसी सहकार्यबाट नै देश अघि बढ्छ'

शनिवार , चैत्र ७, २०८२

 

काठमाडौँ, चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह -बालेन)ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएकबा छन । इस्लाम धर्मावलम्बीको महान् पर्व इद -इद उल फितर) को पावन अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिदै यस्तो बताएका हुन ।

उनले शुभकामना सन्देशमा देशको समृद्धि र विकासका लागि सामाजिक सद्भाव र सहिष्णुता अनिवार्य रहेको उल्लेख गरेका छन । साहले नेपालको मौलिक धर्म, संस्कृति र विविधताको सम्मान गर्दै आपसी सहकार्यका माध्यमबाट राष्ट्रलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन ।

उनले सन्देशमा भनेका छन, एक अर्काप्रतिको सम्मान, समझदारी र एकताले नै हाम्रो समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दछु। इदको पावन अवसरले नेपालीबिचको भाइचारा, प्रेम र मेलमिलापको भावनालाई अझ प्रगाढ बनाओस्।”

वरिष्ठ नेता साहले यस पर्वले सबै नेपालीमा एकताको सन्देश प्रवाह गर्ने र समृद्ध नेपाल निर्माणमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन ।

फागुन २१ गतेको निर्वाचनमा १८२ सिट जितेको रास्वपाले साहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । नवनियुक्त सांसदले चैत १२ गते शपथ लिने कार्यक्रम निर्धारण भइसकेको छ । त्यस लगत्तै साह प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार