२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस बैठक सम्पन्न

सभापति थापाको राजीनामा : ' आगामी बैठकमा निर्णय '

शुक्रवार , चैत्र ६, २०८२

 

काठमाडौं, चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको शुक्रबारको बैठक सकिएको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम समीक्षा र सभापति गगन थापाले पेस गरेको राजीनामाबारे छलफप गर्न वैठक बसेको थियो ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा पार्टी मुख्यालय सानेपामा बसेको आजको बैठकले निर्वाचन नतिजाको प्रारम्भिक समीक्षा गर्दै सभापति थापाको राजीनामाको विषय छलफलमा ल्याएको छ । 

वैठकमा उपसभापति शर्माले निर्वाचनमा पार्टीले पराजय भोग्नु पर्नाको मुख्य सात कारण पेस गरेका छन् । उनले पार्टीभित्रका चरम गुटबन्दी, विगतको एमाले–कांग्रेस सरकारले गरेका कामप्रति मतदातामा देखिएको वितृष्णा नै कांग्रेस पराजयको मुख्य कारण औल्याएका छन् । 

उनले ५० दिनको छोटो अवधिको जिम्मेवारीमा कसैले पनि दिग्विजय हासिल गर्न नसकिने तर्क पेस गरेका छन् । आजको वैठकले सभापति थापाले दिएको अस्वीकृत गर्ने प्रस्ताव गरेको भए पनि यसको औपचारिक निर्णय आइतबार मात्र हुने कांग्रेसले जनाएको छ ।

आजको बैठकमा सभापति थापाले किन राजीनामा दिन आवश्यक छैन विषयमा उपसभापति शर्माले विभिन्न २७ कारणहरु पेस गरेका थिए ।   आजबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार