२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तिनिधिसभा निर्वाचन : आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझायो

निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि र लोकतन्त्र अझ मजबुत : राष्ट्रपति

बिहिवार , चैत्र ५, २०८२

 

काठमाडौँ, चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे ।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।

' फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ ।

जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,' राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार