२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस : ' २० जना समानुपातिकको नाम टुङ्ग्यायो '

आइतवार , चैत्र १, २०८२

 

काठमाडौँ, चैत। नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्ग्याएको हो ।

कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनले सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।

प्रवक्ता चालिसेका अनुसार आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६ र थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्र बाँकी मिलाएर अन्य सांसद चयन गरिएको छ ।

१५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी समूह मिलाएर सांसद चयन गरिएको उनले जानकारी दिए । उनले भने, सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभासहित सबै हिसाब गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ ।

आदिवासी जनजाति, खसआर्य र अन्य क्लस्टर मिलाएर हामीले नामावली निर्णय गरिसकेका छौँ । प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए ।

उनले निर्वाचनको समीक्षाका लागि केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाइने जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार