काठमाडौं, चैत । रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले पठाएको नाम निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। केन्द्रीय सचिवालयको बैठकले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको उनले बताए।
झाका अनुसार समानुपातिकमा खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना पठाइएको छ। आयोगले प्रमाणित नगरेसम्म रास्वपाको तर्फबाट सार्वजनिक नहुने बताए।
उनले त्यतिबेलासम्म कुर्न आग्रह गरे। उनले भने, जब निर्वाचन आयोगमा रुजु गर्नुहुन्छ र सो नाम सार्वजनिक गर्नुहुनेछ।
राजनीतिक र कानुनी रुपमा रुजु नगरेसम्म रास्वपाको प्रस्तावित हुने भएकाले आयोगबाट प्रमाणित नहुन्जेल कुर्न अनुरोध गर्दछौं। झाका अनुसार संसदीय दलको नेता चयनका लागि विधान परिवर्तन गर्न छलफल चलिरहेको बताए।