२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमाले : ' समानुपातिकतर्फ १६ सांसद छान्यो '

शनिवार , फाल्गुण ३०, २०८२

 

काठमाडौँ,  फागुन  ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ सांसदको नाम छनोट गर्ने काम टुंग्याएको छ । केन्द्रीय सचिवालय बैठकले सांसदहरूको सूची टुंंगो लगाएको सो दलका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन ।

बैठकले आदिवासी जनजाति महिलारपुरुषमा उपाध्यक्ष रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् । खसआर्य महिला समूहबाट पद्मा अर्याल टुकाभद्रा हमाल र यशोदा कुमारी बराल छन् ।

पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारु क्लस्टरबाट कृपाराम राना थारु रहेका छन् । यस्तै दलितबाट विष्णुमाया बिके, निता घतानी रहेका छन् ।

मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव, मधेशी पुरुषबाट चन्देश्वर मण्डल रहेका छन् ।  मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय एमालेले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार