२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रम संस्कृति पार्टी

खोटाङबाट खाता खुल्यो : ' ' १६ हजार ६१२ मतसहित राई विजयी '

आइतवार , फाल्गुण २४, २०८२

 

काठमाडौँ, फागुन । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन । श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गरेका छन ।

त्यस्तै, जनता समाजवादी पार्टीका राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङले ४७७, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनील चाम्लिङले १११, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका छन ।

स्वतन्त्र उम्मेदवार राजकुमार राईले २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । जसमध्ये ३ हजार ९२८ मत बदर भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार