२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन

मतदान शान्तिपूर्ण सम्पन्न : ' ६० प्रतिशत मत खसेको अनुमान '

बिहिवार , फाल्गुण २१, २०८२

 

काठमाडौँ, फागुन । निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन ।

उनले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनले भने, करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

photo21.jpg
undefined

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार