२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री कार्कीको सम्बोधन

प्रधानमन्त्री काकीर्को आग्रह : " भ्रामक भविष्यवाणी नगरौँँ "

सोमवार , फाल्गुण १८, २०८२

 

काठमाडौँ, फागुन। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको बताएकी छन । आज देशबासीको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन ।

उनले भनिन्, कुनै किसिमको भ्रममा नपर्न सबैमा आग्रह गरेकी छन । उनले मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न देशवासीलाई आग्रह पनि गरेकी छन ।

आज देशवासीलाई के कुरामा आश्वस्त पार्न चाहन्छु भने मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन ।

कानुन बमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन, उनले भनेकी छन । निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु प्रधानमन्त्री कार्कीले भनाई थियो ।

उनले भनिन्, ' यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् ।

देश फेरि इतिहासको महत्वपूर्ण मोडमा आइपुगेक बताउँदै उनले भनिन्, आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ । जेनजी आन्दोलनपछिको परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण भए पनि निर्वाचनमार्फत मुलुकले निकास पाउने उनको भनाइ छ ।

आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ । उनले उपलब्धि तपाई हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो, भनेकी छन ।

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन सबै मतदाता आगामी निर्वाचनमा सरिक हुन उनले आग्रह गरेकी छन । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, उनले भनेकी छन, ' यो त तपाईले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।

फागुन २१ गते बिहीबारको दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु, उनले भनिन्, ' निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु । शान्ति नै नेपालको असली पहिचान हो । म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु उनले थपेकी छन, 'तपाईहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।'

मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार प्रसार गर्न उनले आग्रह गरेकी छन । यस महान कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु ।

तपाईहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ उनले थपिन । निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको बताउँदै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको उनले बताएकी छन ।

प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग गरेको चर्चा गर्दै उनले थपेकी छन, “नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार