काठमाडौँ, फागुन । कांग्रेस सभापति गगन थापाले नेपाल दुई ठूला देश छिमेकीको बीचमा भएकाले चर्को कुरा गरेर नहुने बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले दुवै देशसँग मिलेर जानुपर्ने र सन्तुलित विदेश नीति आवश्यक हुने बताए।
भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ, थापाले भने , ' छरछिमेकीको बीचमा सन्तुलन मिलाउनुपर्छ ।' सभापति थापाले भूराजनीतिक संवेदनशीलतालाई बुझ्नुपर्नेमा जोड दिए।
थापाले देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस भएको थापाको भनाइ थियो। उनले २१ फागुनमा हुने निर्वाचनमा पाँच वर्षका लागि बहुमत दिनुपर्ने बताए ।
उनले आफूहरू हरेक दिन विश्राम नगरी काम गर्ने वाचा पनि गरे । उनले आफूहरूले यसअघि सार्वजनिक गरेको प्रतिबद्धतापत्र र हरेक महिनामा कामको प्रतिबद्धतापत्र पनि ल्याउने बताए ।