२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देश संकटबाट बचाउने - " राजनीतिक शक्ति कांग्रेस "

युवा पुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत : उपसभापति शर्मा

बुधवार , फाल्गुण १३, २०८२

 

काठमाडौँ, फागुन । उपसभापति विश्वप्रकाश शर्माले देश संकटमा परेका बेला समाधान दिनसक्ने एकमात्र राजनीतिक शक्ति कांग्रेस रहेको बताएका छन्।

युवापुस्तामा देखिएको असन्तुष्टि र प्रश्नलाई हल्का रूपमा लिन नहुने उल्लेख गर्दै ' जेन - जी ' समूहका युवाहरूले उठाएका सुशासन, पारदर्शिता, रोजगारी र अवसरसम्बन्धी जायज मागहरू सम्बोधन गर्नसक्ने क्षमता कांग्रेससँग मात्रै भएको शर्माले दाबी गरे।

पार्टीमा अहिले युवा पुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत रहेको बताउँदै कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने उपसभापति शर्माले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसका उम्मेदवारले मत माग्न जाँदा गरेका वाचा जितेपछि पूरा गरे वा नगरे भन्ने विषय अब पार्टीको केन्द्रीय कार्यालयले अनुगमन गर्ने स्पष्ट पारे।

' जनतासँग गरिएको प्रतिबद्धता कागजमा सीमित रहनु हुँदैन, त्यसको कार्यान्वयनको जिम्मेवारी पार्टीले लिन्छ,' शर्माले भने, ' उम्मेदवारको कार्यसम्पादन मूल्यांकन गरी आवश्यक परे कारबाहीसमेत गरिनेछ।'

देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने उनले बताए। चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई लोकतान्त्रिक शक्तिको पक्षमा उभिन आह्वान गरे।

ऐतिहासिक परिवर्तनका प्रत्येक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै राणाशासन, राजसंस्थाको अन्त्य र शान्ति प्रक्रियामा माओवादी शक्तिलाई ल्याएर देशलाई द्वन्द्वबाट मुक्त गराउन कांग्रेस अग्रपंक्तिमा रहेको स्मरण गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार