२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्वाचन

' स्वतन्त्र,निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न हुन्छ ' : प्रधानमन्त्री कार्की

मंगलवार , फाल्गुण १२, २०८२

 

काठमाडौं, फागुन । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक मूल्य र मानव अधिकारको सम्मान तथा संरक्षणप्रति नेपाल सरकार अडिग रहेको बताएकी छन्।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुदृढ नीतिगत,कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको समेत बताएकी हुन्।

उनले नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा स्थापित गरेको धारणा समेत राखिन् ।

सबै प्रकारका मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार