२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पर्सा प्रशासन : ' वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू '

सोमवार , फाल्गुण ११, २०८२

 

वीरगञ्ज, फागुन । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई ' कर्फ्यू ' लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म ' कर्फ्यू ' लगाइएको छ ।

यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ ।

हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

birgung-karfu.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार