२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस घोषणापत्र सार्वजनिक

कांग्रेसको संकल्प :' ५ वर्षभित्र नेपाल भ्रष्टाचारमुक्त देश '

बिहिवार , फाल्गुण ७, २०८२

 

काठमाडौँ, फागुन । काठमाडौंमा आयोजित कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सभापति गगन थापाले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प व्यक्त गरे।

उनले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के- के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताए। सभापति थापाले २०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तीको छानबिन गरिने पनि बताए।

उनले भने, हामीले यसमा नाता-गोता केही हेर्दैनौं। उनले नियुक्तीमा दलको हैसियतले नभई योग्यता र क्षमता हेर्ने पनि बताए। कांग्रेसले संवैधानिक आयोग र विश्वविद्यालयमा भागबन्डा नगर्ने र त्यस्ता कुरा अब सुन्न नपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

पद लिनुभन्दा अघि र पद मुक्त भएपछि सम्पत्ती विवरण सार्वजनिक गर्ने योजना पनि कांग्रेसले अघि सारेको बताइएको छ।

सभापति थापाले संसारभर छरिएर रहेका नेपालीको ज्ञान, पूँजी र अनुभव देशको पुनर्जागरणमा खर्च गर्न कांग्रेसले पहल गर्ने र त्यसका लागि अभिभावकको भूमिका खेल्ने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार