२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन

अधिकांश दलले सार्वजनिक गरे - " निर्वाचन घोषणापत्र "

आइतवार , फाल्गुण ३, २०८२

 

काठमाडौँ, फागुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले आज काठमाडौंमा घोषणापत्र सार्वजनिकको तयारी गरे पनि स्थगन गरी यही फागुन ६ गते मधेस प्रदेशबाट सार्वजनिक गर्ने तय गरेको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिकको तयारी गरेको सो पार्टीका निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

नेपाली कम्युष्टि पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले केही दिन पहिला घोषणपत्र सार्वजनिक गरिसकेका छन् ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरी यही फागुन ३ गतेभित्र पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा निर्वाचनमा सहभागी हुने राजनीतिक दलले निर्वाचन आयोग र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)  तर्फका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार