२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

सभापति थापा भन्छन : " देश सम्हाल्ने विषय मुख्य "

' हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन '

आइतवार , फाल्गुण ३, २०८२

 

काठमाडौँ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले जन अपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सभापति थापाले आगामी पाँच वर्षमा जनभावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए ।

उनले भने, ' अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ ।'  सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् ।

युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।'

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताए । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले अब आनाकानी गर्ने छुट नभएको बताए ।

सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो । कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताए ।

सर्लाही - ४ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार