काठमाडाैँ, माघ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएका छन ।
जेन-जी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा नयाँ शक्ति नै आफ्नो पार्टी भएको उनले दाबी गरेका छन । झापामा आयोजित निर्वाचन अभियानका क्रममा बोल्दै अध्यक्ष घिसिङले भने, 'जेनजीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुख्य एजेन्डा बनाएका छौँ ।'
जनताले चाहे जस्तो परिवर्तन उज्यालो नेपाल पार्टीले मात्र गर्न सक्ने उल्लेख गर्दै उनले अहिले चर्चामा रहेका अन्य दलहरू जेनजी आन्दोलनभन्दा अघि नै खुलेका र जनताले परीक्षण गरिसकेका शक्ति भएको बताए ।
आफ्नो पार्टीले युवा पुस्ता (जेनजी) को मागलाई सार्थक बनाउँदै नेपालको नयाँ विकल्पका रूपमा स्थापित हुने उनले विश्वास व्यक्त गरे । जेनजी युनाइटेडलगायत आन्दोलनको नेतृत्व गर्नेहरू अहिले आफ्नो पार्टीमा आबद्ध रहेको समेत अध्यक्ष घिसिङले जानकारी दिए ।