२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युएई सरकार : ' २६७ नेपाली नागरिकलाई आममाफी दियो '

आइतवार , माघ १८, २०८२

 

काठमाडौं, माघ । संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ ।

आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो ।

नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल - युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक- पटक अनुरोध गरेको थियो । त्यसैको फलस्वरूप आममाफी प्रदान भएको पनि मन्त्रालयले जनाएको छ ।

आममाफी पाउने नेपाली नागरिकको अन्य कुनै मुद्दा विचाराधीन नरहेमा नेपाल फर्किन सक्ने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार