२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हुम्लामा भारी हिमपात : ' हिउ सफा गरी यातायात सेवा सुचारु '

शनिवार , माघ १७, २०८२

 

हुम्ला, माघ । कर्णाली करिडोरको सिमकोट गाउँपालिका - ५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प्रहरी सो हिउ सफा गर्ने कार्य गरेपछि रोकिएको यातायात सेवा सुचारु भएको हो ।

सडकमा हिउ जमेर यातायात सेवा अवरुद्ध भएको जानकारी आउने बित्तिक्कै प्रहरी परिचालन गरेर हिउ सफा गर्ने कार्य भएपछि सिमकोट कालाढुङ्गा क्षेत्रको सडक सुचारु भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताए ।

सडकमा एक फिट हिउ जमेपछि यातायातका साधनहरु गुड्न नसक्ने अवस्था आएपछि सडक बन्द भएको थियो । उनले यो काम गर्न १५ जना प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर सडकको हिउ सफा गर्ने कार्य सम्पन्न हुने बित्तिक्कै यातायात सेवा सुचारु भएको बताए ।

सडक सफा भएपछि सिमकोटबाट बाहिर जाने र सिमकोट भित्रिने सबैखाले यातायातका साधनहरु सुचारु भएका छन् । प्रहरीले करिब तीनसय मिटर सडकमा जमेको हिउ सफा गरेको छ ।

यसअघि सोही क्षेत्रमा माघ १० गते परेको हिउ पनि प्रहरी र स्थानीय युवा मिलेर सफा गरेपछि यातायात सेवा सुचारु भएको थियो । सो क्षेत्र खोल्सो र गहिरो भएको कारण घाम लाग्ने अवस्था नभए पनि हिउ जम्ने र बरफमा परिणत हुने गर्छ ।  - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार