काठमाडौँ, माघ । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ देखि लागू हुने गरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ' मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ ।'
यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ देखि गर्ने जापान भ्रमण स्वीकृत गरेको छ ।
राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८- २१ गतेसम्मको भ्रमणमा जान लागेका हुन् ।