२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सिंगो देश जोड्न - ' मधेस झरेको हुँ : सभापति थापा

सोमवार , माघ १२, २०८२

सिंगो देश जोड्न - ' मधेस झरेको हुँ : सभापति थापा

काठमाडौं, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंगो देशलाई जोड्न आफू मधेस झर्न लागेको बताएका छन्। सभापति थापाले मंगलबार भिडियो सन्देश जारी गर्दै काठमाडौं कथा सुनाउन मधेस झर्न लागेको बताए।

' देश जोड्न म मधेस जाँदैछु। काठमाडौंको कथा मधेसलाई र मधेसका कथा काठमाडौंलाई सुनाउन चाहन्छु। मधेससँगको सम्बन्ध प्रगाढ बनाउन चाहन्छु।'

सिंगो देशको हुनलाई मधेस झरेको हुँ। मधेसको माटोलाई ढोग्न चाहन्छु। त्यहाँका नागरिकका समस्यासँग जुझ्न चाहन्छु,' उनले भने। उनले आफू पहाडको मान्छे भएर पनि काठमाडौंमा हुर्किए बढेको बताए।

भावी प्रधानमन्त्रीको रूपमा उभिएका सभापति थापाले मधेसका पीडा पनि सम्बोधन गर्नुपर्ने बताए। उनले काठमाडौं क्षेत्र नं ४ का मतदाताप्रति आभार प्रकट गर्दै भने, ' काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु।'

यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु,' उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार