२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज ७७औँ गणतन्त्र दिवस मनाउँदै भारत

सोमवार , माघ १२, २०८२

काठमाडौँ,माघ। भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ ।राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।

यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन् ।

परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिनेछ ।

यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिनेछ ।

साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० ओटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार