२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पश्चिमी वायुको प्रभाव

गण्डकी र कर्णालीमा बादल : ' उच्च पहाडमा वर्षा र हिउँ पर्ने सम्भावना '

सोमवार , माघ १२, २०८२

काठमाडौँ,माघ। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा क्रमिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहे पनि गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा अहिले हल्का हिमपात र वर्षा भइरहेको छ।

आज दिउँसोको समयमा तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए तापनि अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

रातिको समयमा भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भेगमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी राति कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार