२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रियसभाको निर्वाचन तयारी पूरा ' : निर्वाचन आयोग

शुक्रवार , माघ ९, २०८२

 

काठमाडौँ, माघ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

त्यसैगरी आयोगले फागुन २१ गते सम्पन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको कार्यतालिका अनुसार विभिन्न काम सम्पन्न गरेको छ ।

मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् ।

त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलनलगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्य सञ्चालन भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार