२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

सभापति थापाले भने : ' बदल्यौं कांग्रेस, बदल्छौं देश '

शुक्रवार , माघ ९, २०८२

 

काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएका छन । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उनले यस्तो बताएका हुन ।

' बदल्यौं कांग्रेस, बदल्छौं देश उनले भने, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ' देशको सम्मुन्नति । '

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गरेको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो ।

विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेपछि पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यको पदबहालीपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार