२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कैलाली १ : नाउपाका उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी

बुधवार , माघ ७, २०८२

 

काठमाडौं, माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ।

मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित उजुरी आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबार सम्मको समय दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार