२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने, तराईका केही स्थानमा हुस्सु–कुहिरो

मंगलवार , माघ ६, २०८२

काठमाडौँ, माघ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु–कुहिरो रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार