काठमाडौँ, पुस । बैंकिङ्ग क्षेत्रमा झन्डै तीनदशक अनुभव संगाल्नु भएकी श्री अनुपा प्रधान राजभण्डारीज्यू यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन ।
नवनियुक्त सञ्चालक श्री अनुपा प्रधान राजभण्डारीज्यूले सञ्चालक समितिका अध्यक्ष श्री अशोककुमार अग्रवालज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको वहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्नु भएको थियो ।
बैंकको सञ्चालक पदमा नियुक्त हुनुभएकोमा श्री अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ ।