२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

समानुपातिक बन्दसूची

नाम फिर्ता लिने ५४ जना पुगे :  ' जनमतका मात्रै २० जनाले लिए '

उम्मेदवारी फिर्ता लिनमा - ' जनमतका २० जना, राष्ट्रिय स्वतन्त्र पार्टी १२ र एमाले - ३'

सोमवार , पौष २८, २०८२

 

काठमाडौँ, पुस । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

सोमबार दिउँसो ३ बजेसम्म निवेदन दिनेको सख्या ५४ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । अब करिब एक घण्टा निवेदन दिने समय भएकाले थप हुन सक्ने उनले बताए ।

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन् । जनमतका २० जनाले निवेदन दिएका छन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ र एमालेका ३ जना छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार त्यो संख्या अझै थपिन सक्छ । एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्वयं उपस्थित भएर नाम फिर्ता लिने निवेदन दिइरहेका छन् ।

१३ र १४ पुसमा ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ चुनावमा भाग लिने गरी बन्दसूची बुझाएका थिन् ।

प्रतिनिधिसभाको २७५ सिटमा ११० जना समानुपातिक प्रणालीबाट छानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार