२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्बाचन आयोग

समानुपातिक बन्दसूची : ' नाम फिर्ता लिन निकाल्यो सूचना '

आइतवार , पौष २७, २०८२

 

काठमाडौँ, पुस । निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते पेस भएको बन्द सूचीमा नाम भएका व्यक्तिहरुले फिर्ता लिन चाहे निवेदन दिन आग्रह गरेको छ ।

आयोगले आइतबार सूचना प्रकाशित गर्दै २८ गते आयोगमा पुगेर फिर्ता लिन आग्रह गरेको छ । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने छ ।

आयोगको सूचनामा भनिएको छ, ' कुनै कारणबस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ ।

दलहरुलाई आजसम्म आयोगले बन्दसूची सच्याउने मिति दिएको थियो । दलहरुले सच्चाएर सूची पेस गरेपछि आयोगले नाम फिर्ता लिनेहरुका लागि सूचना प्रकाशित गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार