काठमाडौँ, पुस । कांग्रेस विशेष महाधिवेशन पार्टीको विधान अनुसार भएको दाबी बिशेष महाधिबेशन पक्षधरले बताएका छन । सो महाधिबेशन आजदेखि काठमाडौँमा शुरु हुँदैछ ।
गत भदौ २३ र २४ गते देशमा केही पनि भएको थिएन भन्ने सोचेर अघि बढ्ने हो कि त्यो दिन केही भएको थियो भन्नेबारे पार्टीले सोच्नुपर्ने अवस्था आएकाले बिशेष महाधिबेशनमा जानुपरेको बिशेष महाधिबेशन पक्षधर तथा पार्टीका महामन्त्री गगन थापाले बताउँदै आएका छन । उनले विशेष महाधिवेशनको अर्थ किन हो भनेर बुझाउन खोजेको बताए । तर नियमित पक्षधर उपस्थित नहुने भएका छन ।
नियमित महाधिवेशन पक्षधरहरूले विधानको अपव्याख्या गरेको उनीहरुको तर्क छ । विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गर्ने काम भएको बिशेष महाधिबेशन पक्षधरको रहेको र अवस्था संवेदनशील भएकाले विशेष महाधिवेशनको माग गरिरहेको उनीहरुको दाबी छ ।
बिशेष महाधिबेशन पक्षधरले भदौ २३ र २४ पछिको अवस्थाबारे बुझ्न नखोज्ने काम भइरहेको बताउँदै जेन( जी विद्रोहबारे बुझाउँदै अब नीति पनि फेरौं। नेतृत्व पनि फेरौं। भन्नका लागि बिशेष महाधिबेशन हो भनेका छन ।
विधानको कार्यान्वयन गर्दा पार्टी फुट्छ भनेर हल्ला फैलाइएको र बिशेष महाधिबेशन नागरिकसँग पार्टीलाई जोड्ने अभियान आफूहरूले सुरु गरेकाले पार्टी फुटाउन होईन बलियो बनाउन लागेको बताएका छन ।