काठमाडौँ, पुस । निर्वाचन आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्दै यस्तो जानकारी गराएको हो ।
आयोगले निर्वाचनको तयारी तीव्र गतिमा काम गरेको भन्दै आयोग हालसम्मको प्रगतिका विषयमा जानकारी गराएको थियो ।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा निर्वाचन आयोगले हालसम्मका तयारी र बाँकी कामका बारेमा जानकारी गराएको थियो ।