२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रम कार्की - निर्बाचन आयोग छलफल : ' निर्वाचन तयारीबारे जानकारी'

शुक्रवार , पौष २५, २०८२

 

काठमाडौँ, पुस । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले कार्य प्रगतिबारे जानकारी लिएकी हुन् ।

उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।

आगामी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार