२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो ,उच्च पहाडी भेगमा आंशिक बदली

बिहिवार , पौष २४, २०८२

काठमाडौँ,पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशभरिको मौसममा विविध परिवर्तन देखिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ। विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानीपखदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ।

महाशाखाको पछिल्लो बुलेटिन अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने सङ्केत देखिए पनि अन्य पहाडी तथा हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ। 

रातीको समयमा पनि तराईका धेरै क्षेत्रहरू हुस्सुकै चपेटामा रहनेछन् भने कोशी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी भू-भागमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी (दृश्यांश) कम हुँदा सडक तथा हवाई यातायातमा अवरोध पुग्न सक्ने र चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। पहाडी क्षेत्रमा घाम लागे पनि चिसो हावाका कारण तापक्रममा गिरावट आउने क्रम जारी छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार