काठमाडौं, पुस । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताएका छन । शुक्रवार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उनको भनाइ छ । उनले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई शतर्क गराउन सञ्चार माध्यमलाई अनुरोध गरे ।
यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उहाँको आग्रह छ । अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको कुरा राखेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ूनिर्वाचनका कार्यक्रमहरु अगाडि बढ्दै गर्दा राजनीतिक दलहरु कहाँ छन् ? के गर्दैछन् ? निर्वाचनलाई दलहरुले कसरी हेरिहरेका छन् भन्ने कुरा भुल्नु हुदैन ।
यदि कुनै तह र तप्काबाट निर्वाचन बिथोल्न सक्रिय तत्वहरुले तपाईहरुले पहिचान गरिदिए हामीलाई धेरै सहयोग हुन्छ । मैले सुरुमै भनिसके निर्वाचनको विकल्प निर्वाचनबाहेक अरु केही हुन सक्दैन । त्यसकारण निर्वाचन बिथोल्ने तत्वहरु देखिए यहाँहरुले बेलैमा सचेत गराउनुपर्छ ।ू
यसैगरी, उनले थपे, ूसहज ढङ्गले समाचार समेत सम्प्रेषण गरिदिनुपर्छ । निर्वाचन हुन्छ कि हुदैन कि कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो ।
अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किनसक्ने अवस्था र स्थिति छैन ।
राष्ट्रपतिले सरकार गठनकै बखत संविधानमा थोरै छेड्खानी भएपनि अब संविधान बमोजिम निर्वाचन हुन्छ, संविधानको संरक्षण गर्नुपर्छ, मुलुकमा सुशासन कायम गर्न अरु विकल्प छैन निर्वाचन रहेको बताएका छन ।
मुलुकले थप आन्दोलन थेग्न सक्दैन । त्यसकारण तपाई हामी गौरव साथ बाँच्ने प्रयोजनको लागि पनि निर्वाचनमा सबैलाई सक्रिय रुपमा सहभागि गराएर सक्षम व्यक्तिहरुलाई संसदमा पठाउने तपाई हाम्रो दायित्व हो ।ू
भण्डारीले मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सक्रिय सहभागि गराई सक्षम व्यक्तिलाई संसदमा पठाउनुपर्ने सबैको साझा दायित्व भएको बताए ।